कारोबार


२०८३ भित्र देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्ने

२०८३ भित्र देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्ने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:३४, काठमाडौँ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत देशलाई ग्रे लिष्टबाट निकाल्ने योजना कार्यन्वयन गरिने भएको छ। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देशलाई ०८३ भित्रै ग्रे लिष्टको सूचीबाट स्तरोन्नती गर्ने उल्लेख गरेका हुन्।

केही महिना अगाडिमात्रै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अनुसन्धान र कानुन कार्यन्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिष्टमा परेको थियो।

ग्रे लिष्टमा परेसँगै सरकारले चालु आवको नीति तथा कार्यक्रम मार्फत सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्था पूर्ण पालना गर्ने देशको सूचिमा स्तरोन्नती गर्दै देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउने योजना समेटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad