सरकारले उच्च प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने भएको छ।
अनावश्यक सार्वजनिक संरचना गाभ्ने खारेज गर्ने वा पुनर्संरचना गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको कार्यक्रममा चालू खर्च वाञ्छित सीमामा राखिने उल्लेख गरिएको छ।
त्यस्तै सार्वजनिक क्षेत्रको लगानीलाई निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा परिपूरक हुने गरी केन्द्रित गरिने भएको छ।
औद्योगीकरण, लगानी प्रवर्द्धन तथा अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन गर्ने गरी कर प्रणालीमा संरचनात्मक रुपान्तरण गरिने, कर प्रशासन सुधार, करदाता मैत्री राजस्व प्रणाली लागू गरिनेछ।
वैदेशिक लगानीलाई उच्च प्रतिफल दिने भौतिक आयोजनामा केन्द्रित गरिनेछ।
15
Shares

प्रतिक्रिया