कारोबार


विद्युत प्राधिकरणले कार्यसञ्चालनको लागि १० अर्बसम्म अल्पकालीन ऋण लिने

विद्युत प्राधिकरणले कार्यसञ्चालनको लागि १० अर्बसम्म अल्पकालीन ऋण लिने

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १५:१५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले कार्यसञ्चालन खर्चको जोहो गर्न ऋण लिने भएको छ। 

कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले श्वेतपत्र जारी गर्दै १० अर्बसम्म अल्पकालीन ऋण लिने जानकारी दिएका हुन्। 

आ.व. २०८१/८२ को लागि प्राधिकरणको प्रक्षेपित आयको स्रोत १ खर्ब ९९ अर्ब २ करोड रहे पनि २०८१/८२ को स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रहेको उनले बताए।

‘उक्त बजेट घाटा २९ अर्ब ७५ करोडमध्ये १४ अर्ब ६५ करोड रकम नेपाल सरकारबाट विगतका वर्षहरुको शोधभर्ना पाउनुपर्ने, ८ अर्ब २६ करोड डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता असुलीबाट पाउने र बाँकी १० अर्ब बराबरको ऋणपत्र जारी गरी परिपूर्ति गर्ने गरी बजेटमा नगद प्रवाहको अनुमान गरिएको थियो’, उनले भने। 

साथै प्रक्षेपित आयमा विद्युत बिक्रीको अनुमान बढी राखिएको देखिएको उनको भनाइ छ।

गत असोजको बाढीबाट विभिन्न उत्पादन केन्द्रमा भएको क्षतिका कारण निर्यात घटेको र आन्तरिक बिक्री समेत कम हुन गएबाट वास्तविक बिक्री करिब १८ अर्ब न्यून हुने देखिएको शाक्यले उल्लेख गरे।

यसरी स्वीकृत बजेटमा प्रस्तावित नगद प्रवाहको अनिश्चितताको बाबजुद स्रोत भन्दा बढी निर्माण कार्य अघि बढेबाट हालको नगद संकट उत्पन्न भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad