कारोबार


चालू आवमा कृषि क्षेत्रको ३.२८ र गैरकृषि क्षेत्रको वृद्धिदर ४.२८ प्रतिशत हुने

चालू आवमा कृषि क्षेत्रको ३.२८ र गैरकृषि क्षेत्रको वृद्धिदर ४.२८ प्रतिशत हुने

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १६:१३, काठमाडौँ

राष्टिय तथ्यांक कार्यालयले औद्योगिक क्षेत्रका बृहत् दुई समूह कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर अनुमान प्रस्तुत गरेको छ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको हो।

आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान समेत गरिएको कार्यालयले उल्लेख गरेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ।

कार्यालयले समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर समेत अध्ययन गर्छ।  

चालू आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.२५ प्रतिशत, ४.६५ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

 संशोधित विवरणअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.३५ प्रतिशत, ऋणात्मक ०.०३ प्रतिशत र ४.३५ प्रतिशत रहेको छ।  

चालू आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत योगदान पुऱ्याउने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad