ad ad

कारोबार


लकडाउनमा ग्राहकलाई डिशहोमको थप सेवा, रिचार्ज सकिए के गर्ने?

लकडाउनमा ग्राहकलाई डिशहोमको थप सेवा, रिचार्ज सकिए के गर्ने?

नेपालखबर
चैत १९, २०७६ बुधबार ११:३७,

लकडाउनको समयमा डिशहोमले ग्राहकहरुलाई आफ्नो सेवामा कुनै कमी नराखी थप सेवाहरु प्रदान गरिरहेको जनाएको छ।

टिभी सेवा पनि अत्यावश्यक भएकोले गुणस्तरीय र थप सेवा प्रदान गरिएको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए।

सरकारले लकडाउनको समयमा सबै संघ/संस्थाहरुलाई कुन अत्यावश्यक हो, कुन हैन भनेर छुट्याएको छ। त्यसमा डिशहोमको सेवा अत्यावश्यक सेवाअन्तर्गत नै परेको उनको दाबी छ।

उनले भने, ‘१५ लाख घरमा डिशहोम पुगेकोले सर्वसाधारणलाई सूचना पुर्याउन यो महत्वपूर्ण छ।’

सरकारले घोषणा गरेको हरेक सूचना टिभीबाटै सर्वसाधारणमा पुग्ने हुन्छ। सबै च्यानलहरु डिशहोमले नै घर–घरमा पुर्याउने भएकाले थप गुणस्तरीय पारिएको उनको दाबी छ।

sapkota dish homeडिशहोमका जनरल म्यानेजर रमेश सापकोटा

डिशहोमले सेवामा कुनै कमी हुन नदिएकोले अप्ठ्यारो परेमा १६६००१२२००० टोल फ्रि नम्बरमा फोन गर्न आग्रह गरे।

रिचार्ज सकिँदा के गर्ने?
कतिपय ग्राहकको रिचार्ज सकिँदा लकडाउन समयमा कसरी गर्न सकिन्छ त? सापकोटाले भने, ‘डिस होमको जसको रिचार्ज सकिन्छ। उनीहरुलाई पनि यो लक डाउनको समयमा असुविधा नपरोस भनेर अप्ठ्यारोमा उधारो कार्यक्रम सञ्चालनमा छ।’

डिशहोमलाई म्यासेज गरेर यो सेवा लिन सक्ने उनको भनाइ छ। म्यासेज गरिसकेपछि डिशहोमको पैसा सकिने म्याद पनि ५ दिन थपिने व्यवस्था गरिएको छ। तर सरकारले लकडाउनको समय बढाएपछि भने कम्पनीले पनि ५ दिनको सट्टामा यसको म्याद १० दिन बनाएको सापकोटाले जानकारी दिए।

कुनै पनि ग्राहकलाई यो समयमा पैसा सकिएर अप्ठ्यारो नपर्ने भएकाले ढुक्क हुन कम्पनीले आग्रह गरेको छ।

कम्पनीका अनुसार कुनै कस्टुमरले लकडाउनको समयअघि नै के्रडिट सेवा लिएका भए टोल फ्रि नम्बरमा फोन गरेर लोकेसन बताएपछि डिशहोमले सेवा प्रदान गर्नेछ।

नेपालभर डिशहोमका १० हजार डिस्ट्रिब्युसन सेन्टर छन्। अनलाइनबाट भुक्तानी लिएर सेन्टरले सेवा गर्नेछ।

यसअघिका सेवा यथावत्
योभन्दा अघि डिलरदाइको डिस्काउण्ट योजना रहेको थियो। त्यो योजना अहिले पनि सञ्चालन भइरहेको सापकोटाले जानकारी दिए। उनले भने, ‘तर हामीले लक्की ड्रचाहिँ गर्न अहिले सकेका छैनौँ।’ लकडाउन हटेपछि त्यसलाई पनि पुनः सुचारु गर्ने उनको भनाइ छ।

dish home offer dai

लकडाउन विशेष योजना
डिशहोमले यो समयमा नयाँ कार्यक्रम पनि सञ्चालन गरेको छ। घरबाहिर जाने परिस्थिति नभएको र फिल्म हलहरु पनि सञ्चालन नरहेको अवस्था भएकाले कम्पनीले अहिले ग्राहकका लागि ‘प्लस मुभी सञ्चालन गरिरहेको छ। त्यसमा हरेक दिन ४/४ वटा फिल्म डिशहोमले हालिरहेको छ।

यो १०३ नं. च्यानलबाट प्रदान हुन्छ। त्यस्तै डिशहोम सिनेमा घर भनेर पनि सञ्चालन गरिएको छ। १०८ र ८८८ नम्बर च्यानल पनि फिल्महरु ६ वटा शोहरु सञ्चालन भइरहेको छ। त्यसको यो सेवा लिनको लागि क्रमशः २ सय २५ र ३ सय २५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।

यसमा पनि पछिल्लो समय ग्राहकहरुको राम्रो रुचि देखिएको डिशहोमले जनाएको छ। अहिले २५ सयभन्दा बढी ग्राहकले यो सेवा लिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .