विद्युत् प्राधिकरणले प्राविधिक कारण देखाउँदै आर्थिक अवस्थासहितको श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ।
पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बास्तविक तथ्यांक नदेखाएको आरोप लगाउँदै श्वेतपत्र आज सार्वजनिक गर्ने तयारी भए पनि रद्द भएको हो।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले प्राविधिक कारणले घोषणा नगरेको बताए।
‘विद्युत् प्राधिकरणको सञ्चालक समितिले श्वेतपत्र जारी गर्न स्वीकृति दिइसकेको छ’, उनले नेपालखबरसँग भने, ‘केही प्राविधिक विषय नमिलेर मंगलबार रोकिएको हो। केही मिलाएर सार्वजनिक हुन्छ।’
प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्दा प्राधिकरण नाफामै भए पनि नगद प्रवाहको अभाव हुँदा ऋण लिनुपर्ने आवश्यकता भएको बताउँदै आएको छ।
ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङले नभएको नाफा देखाएको सार्वजनिक कार्यक्रममै आक्षेप लगाउने गरेका छन्। तर घिसिङले महालेखा परीक्षकले अडिट गरेको रिपोर्ट नै सार्वजनिक गरेको बताउने गरेका छन्।
Shares

प्रतिक्रिया