राजनीति


शिक्षामन्त्रीले विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने जानकारी गराउनुपर्छ: सूर्य थापा

शिक्षामन्त्रीले विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने जानकारी गराउनुपर्छ: सूर्य थापा

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८२ सोमबार ११:३३, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षकको हिजोको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताएका छन्।

‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहान्छु, यस्तो हुनुनपर्ने हो,’ सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन्। राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो। यस्तो गर्नु उचित होइन।’

थापाले शिक्षकलाई पनि संयमित हुन आग्रह गर्दै पूर्वघोषित शैली अनुसार नै आन्दोलन जारी राख्न आग्रह गरे। उनले भने, ‘म शिक्षकहरुलाई संयमित भएर आफ्नो घोषित आन्दोलन अनुसारलाई नै सरकार, संसद्, समाज र देशको जुन ध्यानाकर्षण गराइराख्नु भएकोछ, त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहान्छु।’

सुरक्षाकर्मीलाई पनि संयमित हुन आग्रह गर्दै शिक्षामन्त्रीले विधेयकबारे संसद् र देशलाई जानकारी दिनुपर्ने मत राखे। ‘सुरक्षाकर्मीलाई पनि संयमित हुन आग्रह गर्न चाहान्छु,’ थापाले भने, ‘शिक्षामन्त्रीले पनि यो संसद् र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा जानकारी गराउनुपर्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad