ad ad

कारोबार


कोरोना रोकथाम कोषलाई कुमारी बैंकले ७० लाख सहयोग दिने

कोरोना रोकथाम कोषलाई कुमारी बैंकले ७० लाख सहयोग दिने

नेपालखबर
चैत १९, २०७६ बुधबार ६:१,

कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँ दरले बैंकले कुल ७० लाखको सहयोग पुर्‍याउने भएको विज्ञप्तिमार्फत जनाएको छ।

सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा उक्त रकम बैंकले जम्मा गर्नेछ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो।

‘सो सहयोगमार्फत कोरोनाभाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंक विश्वस्त छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मंगलबार बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरिसकेका छन्।

बैंकले लकडाउनको विषम परिस्थितिमा पनि आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटीएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .