ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति यही वैशाख १२ गते (अप्रिल २५ मा) एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ। ‘ओ–युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ–ल्याब’ र जेइकोको अफ–रोड जीवनशैलीमा आधारित ‘जे–ल्यान्ड’का दुई फरक अनुभवहरू प्रदान गर्नेछ।
यी अनुभवहरूले भविष्यको जीवनशैलीलाई पुनःपरिभाषित गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ।
फ्युचरिस्टिक प्रविधिको उत्सव – ओमोडा ‘ओ–ल्याब’
ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित, सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ। ‘ओ–युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडि स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन्।
सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन्। यसै अनुभव अन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि–सेभेन एसएचएस’ र पहिलो पूर्ण रूपमा विद्युतीय गाडी ओमोडा ‘इ–फाइभ’को पनि प्रदर्शनी हुनेछ।
यसका साथै, ‘सि थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित एक ‘सररियल’ एवम् कलात्मक अनुभव सिर्जना गर्नेछ। यसले ‘जेनेरेसन जेड’हरूमा ‘मेका’बाट प्रेतित ‘मोबिलिटि’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्नेछ।
क्याम्पिङ अनुभवलाई बदल्ने जेइको ‘जे–ल्यान्ड’ को डेब्यु
साथै जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि बाट सुसज्जित ‘जे सेभेन एसएचएस’, र ‘जे एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ। यी अत्याधुनिक अफरोड गाडीहरूको लाइनअप आकर्षक अफरोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ।
यसले ती गाडीहरूको कठीन भूभागमा पनि चल्न तयार क्षमताको प्रदर्शन गर्दै सहभागीहरूलाई पनि नयाँ भूभागहरूमा घुम्न उत्प्रेरित र उत्साहित गर्दछ। प्रदर्शनीमा, जङ्गलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्नको लागि हरियाली घाँस, घना वनजङ्गल, र डाँडाकाँडा, चट्टानजस्ता विशेषताहरू प्रयोग गरिएको छ।
‘इको सो’ (प्रदर्शनी)कै क्रममा सहभागीहरूले जे फाइभ बिइभिको नयाँ ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन्। यो नौलो अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट विभिन्न चुनौतीपूर्ण भू भागहरू पार गर्दै जङ्गलतर्फको यात्रामा लैजानेछ।
यसले गाडीको टेस्ट ड्राइभमात्र नभई आउटडोर लाइफस्टाइल तथा जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछ। यही अप्रिल २५ मा ओमोडा एन्ड जेइकोको ‘इको सो’ सुरू हुँदैछ।
यो ‘फ्युचर फेसन × डेलिकेट अफ रो’को नयाँ अनुभवको मज्जा लिँदै ओमोडा एन्ड जेइकोले भविष्यको जीवनशैली कसरी पुनः परिभाषित गर्दैछ भन्ने कुरा प्रत्यक्ष अवलोक गर्न कम्पनीले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया