कारोबार


ट्रेड टावरको आईपीओ निष्काशन आजबाट, कसले दिन पाउँछ आवेदन?

ट्रेड टावरको आईपीओ निष्काशन आजबाट, कसले दिन पाउँछ आवेदन?

नेपालखबर
बैशाख ८, २०८२ सोमबार ११:३२, काठमाडौँ

ट्रेड टावर लिमिटेडको प्राथमिक सेयर निष्काशनमा आएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजी ४८.६९६ प्रतिशतले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँबराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्नलागेको हो।

यसमध्ये वैदेशिक रोजगारीमा रहेकाका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर आजबाट निष्काशनमा आएको छ।

वैदेशिक रोजगारीमा गएकाहरूलाई प्राथमिक सेयर जारी गरेपछि सर्वसाधारणका लागि सेयर जारी गर्नेछ।

आजबाट निष्काशनमा आएको सेयरमा भने श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा वैशाख २२ गतेसम्म आवेदन  दिन पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad