ad ad

कारोबार


नेपाल भम्रण वर्ष २०२० सचिवालय विघटन हुने

नेपाल भम्रण वर्ष २०२० सचिवालय विघटन हुने

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:१८,

नेपाल भम्रण वर्ष २०२० सचिवालय विघटन हुने भएकाे छ। सचिवालय वैशाख १ गतेबाट विघटन हुने भएको हो।

सरकारले कोरोना भाइरसको प्रभावका कारण यसअघि नै भ्रमण वर्षका कार्यक्रम स्थगन गरेको थियो । ‘२०७७ वैशाख १ गतेबाट सचिवालय विघटन गरिएको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले ट्विटरमा उल्लेख गरेका छन्।

भ्रमण वर्ष सचिवालयमा कार्यरत सरकारी कर्मचारीलाई मन्त्रालय मातहतमा लगिने भएकाे छ।

मन्त्रालयका सहसचिव रुद्र बहादुर तामाङले नेपालखबरसँग भने, ‘अस्थायी तथा करारमा भर्न गरिएका कर्मचारीलाई विदा गरिएको छ।’

तामाङले सचिवालय संयोजक सुरज वैद्यसहित सबै कर्मचारीलाई विशेष परिस्थितिको कारण विदा गर्नुपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .