कारोबार


सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १३:१३, काठमाडौँ

सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ।

देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले शिविर सञ्चालन गरेको सिप्रदी इम्प्याक्टले जनाएको छ।

कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो। धरानमा ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरून्, अवसरहरू खोजून् र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने यसको उद्देश्य रहेको बताए।

उनले फुटबल एक माध्यम भए पनि लक्ष्यचाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण रहेको बताए।

यो कार्यक्रममा स्थानीय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने लक्ष्य रहेको उनको भनाइ छ।

धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad