ad ad

कारोबार


सरकारको कदमको परिसंघद्वारा स्वागत

सरकारको कदमको परिसंघद्वारा स्वागत

नेपालखबर
चैत १७, २०७६ सोमबार १४:४८,

नेपाल उद्योग परिसंघले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै परिसंघले मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

‘विभिन्न समयमा परिसङ्घले उठाउँदै आएका विभिन्न विषयलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको छ, यसले निश्चितरूपमा निजी क्षेत्रको मनोबललाई जोगाइ राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, परिसंघले भनेको छ।

सरकारले गरिब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकामा स्वागत गर्दै परिसङ्घले सरकारको उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी सरकारले मध्य तथा दीर्घकालीन राहतसमेत ल्याउने परिसंघले विश्वास लिएको छ। नेपालको अर्थ व्यवस्थालाई जोगाइराख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा भएको परिसङ्घले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .