नेपाल प्रहरीले चैतको वर्षात् र पहिरोले अवरुद्ध भएका १३ मध्ये सबै सडकखण्ड खुलेको जानकारी दिएको छ।
प्रहरीका अनुसार ७ वटा मुख्य सडकखण्ड पूर्णरुपमा खुलेका छन् भने ६ वटा एकतर्फी सञ्चालनमा आएका छन्।
पूर्ण सुचारु भएका सडकमा सुर्खेत हुम्ला सडक, जाजरकोट सडक, सुर्खेत सडक, कर्णाली राजमार्गको कालिकोट सान्नित्रिवेणी ३ सिस्नेगार्ड सुर्खेत र रास्कोट नगर ८ भार्तडी, जाजरकोट सडक र पूर्वपश्चिम राजमार्ग छन्।
त्यसैगरी अरनीको राजमार्ग, बीपी राजमार्ग काभ्रे रोशी ८ चारसयबेसी, रोशी ७ घुमाउने, रोशी ११ पिप्ले, पृथ्वी राजमार्ग बेनिघाटरोराङ ७ कृष्णभीर र गोकुलेश्वर दार्चुला सडक दार्चुलाको महाकाली ५ रहेका छन्।
वर्षात्पछि पहिरो र ढुंगा खस्ने समस्याले सडक अवरुद्ध भएको थियो।

126
Shares

प्रतिक्रिया