गएका चार दिन लगातार घटेको सुनको मूल्य आज उल्लेख्य मात्रामा बढेको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको चार दिनमा ६९ सय रुपैयाँ घटेको सुनको मूल्य आज बढेको हो। गएको शुक्रबार देखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो। हिजो सुन प्रतितोला चारसय रुपैयाँ घटेको थियो
सुनको मूल्य शुक्रबार तोलामा तीन हजार नौसय, आइतबार एक हजार नौसय र सोमबार सातसय रुपैयाँ घटेको थियो।
गत साताको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार आठसय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको हो।
Shares

प्रतिक्रिया