कारोबार


सरकारलाई सघाउन महासंघको मातहतका निकायलाई सर्कुलर

सरकारलाई सघाउन महासंघको मातहतका निकायलाई सर्कुलर

नेपालखबर
चैत १६, २०७६ आइतबार १३:८,

नेपाल घरेलु तथा साना उद्योग महासंघले मुलुकमा देखिएको विषम परिस्थितिमा सरकारलाई सहयोग गर्न स्थानीय, जिल्ला शाखा तथा प्रदेश समितिहरुलाई निर्देशन दिएको छ।

नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेपछि त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई सर्कुलर गरिएको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नेपालमा देखिन थालेको हुँदा भाइरस संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्नु सबैको कर्तव्य भएको महासंघले स्पष्ट पारेको छ।

साथै सरकारले लागु गरेको देशव्यापी लकडाउनबाट जीवन निर्वाह गर्न मुश्किल परेका मजदुर वर्गलाई राहतको प्याकेज घोषणा गर्न समेत नेपाल सरकार समक्ष महासंघले अनुरोध गरेको छ।

महासंघले कोरोना भाइरस संक्रमणका कारण आफ्ना पूर्व घोषित सबै कार्यक्रमहरुलाई स्थगित गरेको थियो। घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५ र १६ गते राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad