कारोबार


इफाप्काको ४७ औँ सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल सिंगापुर प्रस्थान

इफाप्काको ४७ औँ सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल सिंगापुर प्रस्थान

नेपालखबर
चैत २३, २०८१ शनिबार १६:१६, काठमाडौँ

निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) को ४७ औँ सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान गरेको छ।

इफाप्काको ४७ औँसम्मेलन चैत्र २५ गतेदेखि सिंगापुरमा हुँदैछ। यसअघि नेपालले २६ औँ सम्मेलन सम्पन्न गर्दै सिंगापुरलाई अध्यक्षता हस्तान्तरण गरेको थियो। ४७ औँ सम्मेलन भने सिंगापुरको अध्यक्षतामा सञ्चालन हुँदैछ।

सम्मेलन अप्रिल ७ देखि १२ सम्म हुनेछ। सम्मेलनमा सहभागी हुन सिंगापुर जाने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्काको ४७ औँ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै आफूहरु सहभागी हुन लागेको बताए। 

उनले इफाप्काको सम्मेलनसँगै मलेसियाको क्वालालम्पुरमा इफाप्काको केन्द्रीय समितिको बैठक पनि बस्ने जानकारी दिए। यस पटकको इफाप्का सम्मेलनमा भाइचारा सम्बन्ध बिस्तारका साथै निर्माण प्रविधिको बारेमा  सूचना आदानप्रदान हुने बताए। इफाप्कामा सहभागी मुलुकले आफूलाई कसरी कार्यगत रुपमा एक ठाउँमा उभ्याउने भन्ने बारेमा पनि छलफल हुने बताए।

उनले भने, ‘यो भ्रमण टोलीमा सहभागी सदस्यमध्ये ३५ जना इफाप्का सम्मेलनमा पनि सहभागी हुनु हुनेछ। इफाप्का सम्मेलन यस पटक टेक्नोलोजी ट्रान्सफर र भाइचारा सम्बन्धमा केन्द्रित हुनेछ। इफाप्काका मुलुकले कसरी कार्यगत रुपमा एक ठाउँमा उभ्याउने भन्नेमा छलफल चलाइरहेका छौँ। सिंगापुर पनि नेपालसँग समन्वय गरेर निर्माणका कामहरु गर्न तल्लिन छ। हाम्रा श्रमीकलाई सिंगापुर गरेर त्यहाँ तालिम दिएर नेपाल ल्याइ काममा लगाउने भन्ने सम्झौता छ। अब आउने दिनमा पूर्वी एशियाका विकसित मुलुकसँग सहकार्य गरी नेपालको पूर्वाधार क्षेत्रलाई परिस्कृत गर्ने काममा हामी लागेका छौँ।’

उनले सिंगापुर र नेपाल कार्यगत रुपमा सहकार्यका साथ अगाडि बढिरहेको बताए। आगामी दिनमा पूर्वी एशियाका विकसित मुलुकसँग सहकार्य गरी नेपालको पूर्वाधार क्षेत्रलाई परिस्कृत गर्ने क्रममा अगाडि बढेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad