ad ad

कारोबार


पोखरा र लुक्लाबाट ७५ जना पर्यटकहरुको उद्धार

पोखरा र लुक्लाबाट ७५ जना पर्यटकहरुको उद्धार

नेपालखबर
चैत १६, २०७६ आइतबार ८:१७,

कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्स र यसको भगिनी संस्था तारा एअरले उनीहरुको उद्धार गरी आज काठमाडौं ल्याएको छ ।

आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्धार गरिएको छ । १५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको छ । मौषमका कारण अहिले लुक्ला एयरपोर्ट बन्द रहेको छ।

उद्धार हुने पर्यटकहरुमा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन् भने लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिक रहेका छन् ।

काठमाडौं स्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्स र तारा एअरले पर्यटकहरु उद्दारका लागि विमान आफ्ना विमानहरु पठाएको हो ।

यती एअरलाइन्सको ७२ सिट क्षमता भएको एटीआर७२ ९एन एएमएम विमान पोखरा पठाइएको थियो भने तारा एअरको १८ सिट क्षमता भएको ९एन एएलओ ट्वीन ओटर विमान लुक्ला पठाइएको थियो ।

लुक्लाको लागि त्रिभुवन विमानस्थलबाट पहिलो उडान विहान ८ बजे भएको थियो भने दोस्रो १० बजे, तेस्रो ११ र चौथो उडान १२ बजे भएको थियो। त्यस्तै पोखरामा रहेका पर्यटक लिन यती एअरलाइन्सको विमान १२ बजे प्रस्थान गरेको थियो ।

त्यस्तै, हिजो यती एयरलाइन्स मार्फत् पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो ।

यसका साथै तारा एअरले चैत १३ गते लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकहरुलाई लुक्लाबाट उद्धार गरी काठमाडौं ल्याएको थियो । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .