आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। विगत तीन दिनदेखि सुनको मूल्यले लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ।
प्रतितोला ११ सय रुपैयाँ बढेर सुनले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक लाख ७७ हजार नौसय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ प्रतितोला एक लाख ७६ हजार आठसय रुपैयाँ थियो।
गएको शुक्रबार पनि सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेर एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेको हो।
Shares

प्रतिक्रिया