कारोबार


निजी र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र लुटपाटप्रति चेम्बरको आपत्ति

निजी र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र लुटपाटप्रति चेम्बरको आपत्ति

नेपालखबर
चैत १७, २०८१ आइतबार १६:५६, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ।

काठमाडौंको बानेश्वर, तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शनका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वमा भएको हिंसात्मक घटनाप्रति चेम्बरले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई युवाको दुःखद निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमा समेत क्षति पुगेको छ।’

यस्ताखाले हिंसात्मक घटनाको घोर निन्दा र भत्र्सना गर्दै चेम्बर अफ कमर्सले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ।

प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ।

आन्दोलनका क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदनना व्यक्त गरेको छ।

मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए/गरेका यस्ता खाले उच्छृङखल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन सबै सरोकारवालालाई चेम्बरले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad