अर्घाखाँचीमा १० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने भएको छ।
अर्गा भगवती भेन्चर्स प्रा.लिले सन्धिखर्क नगरपालिकामा सोलार आयोजना राख्ने भएको हो।
विद्युत विकास विभागका अनुसार मंसिर २७ गते सोलार परियोजनाको लागि स्वीकृति लिएको थियो। आयोजनाले प्रारम्भिक वातावरणीय अध्ययन, विस्तृत परियोजना प्रतिशत तयार गरिसकेको छ।
आयोजनाको मुख्य संरचना लुम्बिनी प्रदेशको अर्घाखाँचीबाट १९.९५ गिगावाट घण्टा वार्षिक उत्पादन हुनेछ। सन्धिखर्क वडा नम्बर ३ मा करिब १२ हजार हेक्टर जग्गामा आयोजना बन्नेछ।
आयोजनाको सोलार फोटोभोल्टाइक प्यानहरुबाट डीसी विद्युत् निकाली सोलाई ५०० किलोवाट क्षमताका २० वटा स्ट्रिङ इन्भर्टरमार्फत १० मेगावाट विद्युत् उत्पादन हुनेछ। यसरी उत्पादित विद्युतलाई ३३ केभी प्रसारणलाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको अर्गा सबस्टेसनमा जोडिनेछ।
आयोजना २०८३ असोजभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ।
Shares

प्रतिक्रिया