युनाइटेड अजोड इन्स्योरेन्सबाट एकै पटक ठूला चार संस्थापक सेयरधनीहरु बाहिरिने भएका छन्।
इन्स्योरेन्सका संस्थापक सेयरधनीहरु सन्दिप खेतान, जुली चाचान, महेन्द्र कुमार गोयल र ज्योति कुमारी सरावगी सेयर बेचेर बाहिरिन लागेका हुन्।
सेयर बिक्रीको आवेदन दिएपछि इन्स्योरेन्सले सन्दीप खेतान र जुली चाचानको नाममा रहेको ९९ हजार ४ सय ११ कित्ता सेयर १८० रुपैयाँ प्रतिकित्ताका दरले बिक्रीमा राख्दा गोयलको नाममा रहेको ८२ हजार ५ सय ९२ कित्ता १९६ रुपैयाँमा बिक्रीमा राखेको छ।
यस्तै सरावगीको नाममा रहेको कम्पनीको २४ हजार ६ सय २ कित्ता सेयर भने कम्पनीले प्रतिकित्ता १६३ रुपैयाँले बिक्रीमा राखेको छ।
यो कम्पनीको सेयर यसअघि नै उक्त चार जनाले नै बिक्री गर्न खोजेका थिए।
अघिल्लो पटक पनि कम्पनीले संस्थापक सेयर बिक्रीमा राखे पनि सेयरधनीहरुले खरिद गरेका थिएनन्।
सेयरधनीहरुबाट कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणबाट सेयर खरिदको लागि आवेदन माग गरेको हो। खरिद गर्न चाहने खरिदकर्ताले कम्पनीको केन्द्रीय कार्यलय सुन्धारामा आवेदन दिनुपर्नेछ ।
Shares

प्रतिक्रिया