कारोबार


एसईई परीक्षार्थीलाई २० रुपैयाँमा सिमकार्ड

एसईई परीक्षार्थीलाई २० रुपैयाँमा सिमकार्ड

नेपालखबर
चैत १३, २०८१ बुधबार १७:४९, काठमाडौँ

नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ। 

यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ। साथै त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ।

एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ।

टेलिकमका अनुसार उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट उपलब्ध हुनेछ। सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्। 

पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरू उपभोग गर्न सकिने व्यवस्था गरिएको छ। नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरूले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९।८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्। 

यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहनेछ।
 
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी  परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ। साथै सिमकार्ड एक्टिभ गर्नका लागि स्वयंले स्टार१४१४ह्यास डायल गर्नुपर्नेछ। 

सो पश्चात् अफर प्राप्त गर्नका लागि स्टार१६००ह्यास डायल गरी निर्देशन फलो गर्नुपर्नेछ :

स्टार१६००ह्यास डायल गर्दा प्राप्त निर्देशन अनुसार एसईई सिम्बवल नम्बर टाइप गरी सेन्ड गर्ने।

डेट अफ बर्थ टाइप गरी सेन्ड गर्ने, डेट अफ बर्थ टाइप गर्दा वर्ष-महिना-दिन फर्मेटमा टाइप गर्नुपर्नेछ।

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न  र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad