कारोबार


‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’

फाइल फोटो


नेपालखबर
चैत १३, २०८१ बुधबार १५:१७, लुम्बिनी

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन्। उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे।

रुपन्देहीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी धेरै फराकिलो रहेको र निजी क्षेत्रका लागि महत्त्वपूर्ण ठाउँ रहेकाले सम्भावनालाई व्यवसायसँग जोड्न आग्रह गरे।

उपप्रधानमन्त्री पौडेलले लुम्बिनीले नेपालको सिङ्गो अर्थतन्त्रलाई उचाइमा पुर्याउन सामथ्र्य राख्न सक्ने भएकाले सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीलाई अग्रणी स्थानमा पुर्याउने गरी भएका प्रयासमा सबैको साथ आवश्यक रहेको बताए।

‘बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण सम्पदासँगै यहाँ राम्रा र स्तरीय होटलहरु छन्’, उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन्।’

उपप्रधान तथा अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने बताए।

उनले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुने जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad