कारोबार


३९ अंकले बढ्यो नेप्से, ४ अर्ब नाघ्यो सेयर कारोबार

३९ अंकले बढ्यो नेप्से, ४ अर्ब नाघ्यो सेयर कारोबार

नेपालखबर
चैत १३, २०८१ बुधबार १५:७, काठमाडौँ

बुधबार सेयरबजार ३९.१३ अंकले बढेको छ। 

योसँगै नेप्से २६२१.८६ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ। 

बुधबार कारोबार रकम ४ अर्ब २० करोड छ। कुल ९१ लाख ४२ हजार कित्ता सेयर बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो। 

यस दिन २३१ वटा सेयर बढ्दा १२ वटाको मूल्य घटेको छ। धेरैवटा सेयर बढे पनि अधिकतम वृद्धिदर भने ५.७४ प्रतिशतसम्म मात्र छ।

राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर उक्त दरले बढेको हो। यसबाहेक अन्य सेयर ५ प्रतिशत हाराहारीमा मात्र बढेका छन्।

गिरावटतर्फ उपकार लघुवित्तको सर्वाधिक ७.२७ प्रतिशतले सेयर मूल्य घटेको छ। आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ।

कम्पनीको ४१ करोडको र नेपाल पुनर्बीमा कम्पनीको ३१ करोडको उच्च कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad