कारोबार


चर्को दबाबपछि भारतीय तरकारी र फलफूलको विषादी परीक्षण रोकियो

चर्को दबाबपछि भारतीय तरकारी र फलफूलको विषादी परीक्षण  रोकियो

नेपालखबर
असार २०, २०७६ शुक्रबार १२:४६,

 भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषदी परीक्षण रोकिएको छ।

भारतको चर्को दबाबपछि सरकार विषादी परीक्षण गर्ने निर्णयबाट पछाडि हटेको हो। बिहीबारको मन्त्री परिषदको बैठकले विषादी परीक्षण हालका लागि रोक्ने निर्णग गरेको हो।

सरकारले असार २ गते राजपत्रमा नै प्रकाशित गरेर नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्नेव्यवस्था गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले नेपालखबरलाई जानाकारी गराए अनुसार प्रविधिको अभाव भएको तथा दबाबका आउन थाको विषयमा मन्त्री यादवले कृषि मन्त्री चक्रपाणि खनालसँग छलफल गरेका थिए। उक्र छलफलपछि संयुक्त रुपमा यो व्यवस्था हाललाई स्थगित गर्ने प्रस्ताव मन्त्री परिषदमा पुगेको थियो।

बिहीबारको मन्त्री परिषषद्को बैंकले उक्त प्रस्ताव पारिद गरेको हो।

विषादी परीक्षण रोक्न भारतीय दूतावासले सरकारलाई पत्रै काटेर दाबाब दिएपछि सरकार सो निर्णयबाट पछि हटेको बताइएको छ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad