मंगलबार भियतनामको अदालतमा उनले आफूविरुद्ध भएको सजायमा गरेको पुनरावेदनको सुनुवाइ भइरहेको थियो।
तर उनीचाहिँ चोरिएका बैंक कोषहरुको सयौँ लाख तिर्नका लागि भौँतारिइरहेकी थिइन्। उनी भियतनाममा कहलिएकी धनाढ्य ट्रुअङ माई ल्यान हुन्।
ल्यानविरुद्ध सम्पत्ति शुद्धीकरणसहितका मुद्दाहरुमा जन्मकैदको सजाय सुनाइएको छ। त्यसअघि नै उनले ठूलो धोखाधडी र ठगीको मुद्दामा पाएको मृत्युदण्डको सजायको छुट्टै सुनुवाइ भइरहेको छ।
उनको वकिल जियाङ होङ थानका अनुसार ल्यानको टोली यतिखेर बन्डहोल्डरहरुलाई तिर्ने पैसा खोज्न केन्द्रित भइरहेको छ। ल्यानले अभियोग दायर गर्ने संस्थाहरुलाई आफ्नो साढे ५८ करोड अमेरिकी डलर बैंकहरुबाट फिर्ता गर्न आग्रह गरिरहेको थानले बताए।
‘उनले केही सम्पत्ति बेचेर बन्डहोल्डरलाई तिर्ने व्यवस्था मिलाइरहेकी छिन्’, थानले भने, ‘यसका लागि उनले बन्डसम्बन्धी मुद्दामा पहिलो सुनुवाइपछि नै काम थालिसकेकी छिन्।’
६८ वर्षीया घरजग्गा व्यवसायी उनीविरुद्ध सेइजन कमर्सियल बैंकबाट १२.३ अर्ब डलर हिनामिना गरेको भन्दै गत अप्रिलमा मृत्युदण्डको सजाय सुनाइएको थियो। यसलाई भियतनामकै ठूलो ठगीकाण्ड मानिएको छ।
गत डिसेम्बरमा आफूविरुद्धको साढे १२ अर्ब डलर ठगी आरोपमा पाएको मृत्युदण्डको सजायमा गरेको अपिल समेत उनले हारेकी थिइन्। तर हिनामिना भएको कुल सम्पत्तिको कम्तीमा ३ भाग फिर्ता गर्नसके उनले मृत्युदण्डको सजाय टार्न सक्ने बताइएको छ। कुल ११ अर्ब अमेरिकी डलर अनुमानित सम्पत्ति हिनामिना भएको बताइएको छ। एससीएमपीबाट
Shares

प्रतिक्रिया