कारोबार


२६ सयको टेवा भत्काउँदै नेप्से २५ सय अंकको यात्रामा, २ दिनमा ११२ अंकको गिरावट

२६ सयको टेवा भत्काउँदै नेप्से २५ सय अंकको यात्रामा, २ दिनमा ११२ अंकको गिरावट

नेपालखबर
चैत १२, २०८१ मंगलबार १५:२८, काठमाडौँ

साताको दुई दिन ५० अंकमाथिले घट्दा नेप्से सूचक २५ सयमा ओर्लिएको छ। आइतबार ५४.६२ अंकले घटेको नेप्से मंगबार पुन ५८.०५ अंकले घटेको हो। 

सोमबार २६.१० अंकले बढेर बजार उकालो लागेपछि नेप्सेको यात्रा परिवर्तन हुने आशा थियो। तर नेप्सेले देखाएको सोमाबारको गति मंगलबार पुन: बदलिँदा बजार क्रमिक रुपमा ओरालो लागेको हो। 

मंगलबार नेप्से सूचक ५८.०५ अंकले घटेर २५८२.७३ अंकमा बन्द भएको छ। बजार दिनभर घटिरहँदा लगानीकर्ता प्यानिक सेलमा उत्रिए। यसले बजारमा खरिद पक्ष कमजोर भई बिक्री पक्ष बलियो बनाउँदा समग्र बजार राताम्मे बनेको हो। यो दिन लगानीकर्ताले कारोबार पनि ५ अर्ब १० करोडको मात्रै गरेका छन्। 

आइतबार ६ अर्बमाथिको कारोबार गरेको लगानीकर्ताले सोमबार बढेको बजारमा ४ अर्बको कारोबार गरेका थिए। मंगलबार भने लगानीकर्ताले कारोबारलाई बढाएका हुन्। 

बढ्ने अपेक्षाका बीच बजार तीन हप्तायता निरन्तर घट्दा लगानीकर्तामा बजारप्रतिको आत्मविश्वास घट्न थालेको छ।  जसका कारण लगानीकर्ता पुन: कारोबारलाई ४ देखि ५ अर्बबीचमा मात्रै राख्दै आएका देखिन्छन्। 

मंगलबार कारोबार ५० करोडले बढे पनि त्यसको सकारात्मक प्रभाव बजारमा पर्न सकेन। यो दिन सबै समूहको उपसूचक घटेको छ भने कारोबारमा आएका केही डिबेन्चर र ४ वटा कम्पनीबाहेक सबै कम्पनीको मूल्य घटेको छ  । 

कम्पनीहरूमा गार्डियन माइक्रोलाइफ, सयपत्री हाइड्रो, उपकार लघुवित्त र अपर सोलु हाइड्रो इलेक्ट्रीसिटी कम्पनीको मूल्य सामान्यले बढ्दा एनसीसी बैंक,कुमारीबैंक, मन्जुश्र फाइनान्सलगायतका संस्थाहरूले जारी गरेको डिबेन्चरको मूल्य भने ४ प्रतिशतमाथिले बढेको हो। 

घट्नेमा भने आज २४० वटा कम्पनी रहेका छन्। जसमा नारायणी विकास बैंक अगाडि छ। दुई महिनादेखी घट्दै नघटी निरन्तर बढिरहेको यो बैंकको सोमबार र मंगलबार भने मूल्य घटेको हो।मंगलबार ९.९७ प्रतिशतले मूल्य घटेको छ। यस्तै यो बाहेक सर्पोट माइक्रोफाइनान्सको ७.८९ प्रतिशत र सिन्धु विकास बैंकको ६.९२ प्रतिशतले मूल्य घटेको हो। 

कारोबारका आधारमा भने मंगलबार पनि दुई पुर्नबिमा कम्पनी नै अगाडि नै छन्। दुवै कम्पनीको यो दिन २३ करोड र २१ करोडले कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad