कारोबार


जेडटीईको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

आधिकारीक वितरकको रुपमा शंकर ग्रुप
जेडटीईको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

नेपालखबर
चैत ११, २०८१ सोमबार १९:१७, काठमाडौँ

एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानको ग्लोबल लिडर जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ। आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन्। 

जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा शंकर ग्रुप रहेको छ। शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ। यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ। 

स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको र्‍याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ। यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ।

त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ। यसमा ८एमपीको एआइ क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ। अक्टाकोर प्रोसेसर र ६ जिबिको ¥याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ।

अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडि प्लस डिस्प्ले र १२८ जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ। साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ।

जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ। ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआइ एडिटिङ्ग टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केहि नहुने कम्पनीले दाबी गरेको छ।

त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडि प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ। १६ जिीबीको र्‍याम  र १२८ जीबीको स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्दछ।

जेडटीईको नेपालमा पुनः प्रवेश बारे बोल्दै सीइओ सबिन श्रेष्ठले भने, ‘टेलिकम्युनिकेसन र टेक्नोलोजी सोलुसनको ग्लोबल लिडर जेडटिइले शंकर ग्रुपसँग सहकार्य गरेको छ नेपाली बजारमा आफ्नो पहिचान बनाउन बृहत सञ्जाल, बलियो बजार व्यवस्थापन र विभिन्न उद्योगहरुमा आफ्नो विशेषज्ञता प्रदर्शन गरिसकेको शंकर ग्रुपसँगको सहकार्यले जेडटिएको नेपाली बजारमा राम्रो उपस्थिति रहने हामीलाई विश्वास छ।’

त्यस्तै शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले भने, ‘जेडटिइका स्मार्टफोनहरुलाई नेपालमा पुनः ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। यी स्मार्टफोनहरु नवीन प्रविधियुक्त त छन् नै साथै उत्कृष्ट गुणस्तरका पनि छन् र पर्फर्मेन्स पनि उस्तै अब्बल रहेको छ। त्यसैले आकर्षक डिजाइन नयाँ प्रविधि र उच्च गुणस्तरको स्मार्टफोन लिन चाहने नेपाली प्रयोगकर्ताहरुको मन फेरी जित्ने छ भन्ने हामीले आशा लिएका छौँ। नेपालको मोबाइल उद्योगमा शंकर ग्रुप र जेटिइको सहकार्य एक नयाँ अध्याय हो र हामी नेपाली हाम्रा प्रयोगकर्ताहरुलाईको डिजिटल अनुभवलाई अझै निखार्न कटिंग एज टेक्नोलोजी प्रदान गर्न प्रतिवद्ध छौँ। प्रतिस्पर्धी मूल्यमा आकर्षक स्मार्टफोनहरु प्रदान गर्दै ब्लेड ए र नुबिया सिरिज मार्फत हामी आधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै नवीन प्रविधि र गुणस्तरमा नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेका छौँ।’

टेलिकम्युनिकेसनमा विश्वव्यापी विरासत बनाएको ब्राण्ड जेडटिइ अब यी स्मार्टफोनहरुसंगै फेरी नेपाली बजारमा आफ्नो छाप छोड्न तयार रहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad