कारोबार


सरकारले संकटमा परेको निर्माण उद्योगलाई सम्बोधन गरेनः अध्यक्ष सिंह

सरकारले संकटमा परेको निर्माण उद्योगलाई सम्बोधन गरेनः अध्यक्ष सिंह

नेपालखबर
चैत ११, २०८१ सोमबार १७:१६, काठमाडौँ

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताएका छन्। 

सोमबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कांग्रेसनिकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिंहले समस्या समाधानका लागि नियमावली संशोधन गर्न सरकारलाई सुझाव दिए पनि सुनुवाइ नभएको गुनासो गरेका हुन्। 

उनले सरकारले निर्माण व्यवसायीको समस्या सम्बोधनका लागि पहल नगरेको बताए। 

‘निर्माण व्यवसाय सकसमा परेको छ। हामी नेपाली कांग्रेससँग आवद्ध निर्माण व्यवसायीहरू अहिले हामीले नेपाली कांग्रेस सरकारमा सहभागिता भए पनि हामीले हाम्रा समस्याहरू सरकारसम्म पुर्‍याउनलाई हामीलाई अत्यन्त सकस छ,' उनले भने, 'हामीले धेरै प्रयत्न गरे पनि हाम्रा अवाजहरू हाम्रा समस्याहरूलाई सरकारले सम्बोधन नगर्दा र हाम्रो यो सार्वजनिक खरिद ऐन, नियम, एसबीडीलगायत निर्माण उद्योगमैत्री पूर्वाधारमैत्री नभएको कारणले गर्दा निर्माण उद्योग अत्यन्त संकटमा छ।'

प्रधानमन्त्रीसँग निर्माण उद्योगको समस्या राखे पनि आश्वासन मात्रै पाएको उनको गुनासो छ। अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad