सेयरबजारले यो साता पनि घटेर सुरुवात गरेको छ।
बजार परिसूचक नेप्से ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार झण्डै २ प्रतिशतले बजार घटे पनि कारोबार रकम भने ६ अर्ब ३२ करोड रुपैयाँ छ। १ करोड २३ लाख कित्ता सेयर बिक्रीपछि ६ अर्ब बढीको कारोबार भएको हो।
आज बजार खुलेदेखि नै निरन्तर सूचक ओर्लिएको थियो। सो क्रममा आज १३ वटा सेयर मात्र बढे भने २३० वटा घटेका छन्।
आइतबारको कारोबारमा कुथेली बुखारी हाइड्रोको सेयर ८.७२ प्रतिशतले बढेको छ भने बाँकी सेयर झिनो दरमा बढेका छन्।
गिरावटतर्फ मिथिला लघुवित्तको सेयरमा नकारात्मक सर्किट लाग्दा सयपत्री हाइड्रो र उपकार लघुवित्त क्रमशः ७.३४ प्रतिशत र ६.८७ प्रतिशतले घटेका छन्।
लगानीकर्ताले आज पनि हिमालयन रिइन्स्योरेन्सको ४२ करोडको कारोबार गरेका छन्। जुन आजको सर्वाधिक कारोबार हो। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोडको र नेपाल पुनर्बीमाको ३४ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया