कारोबार


कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको एक करोड २५ लाख सहयोग

कोरोना रोकथाम कोषलाई हिमालयन बैंकको एक करोड २५ लाख सहयोग

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ८:४३,

हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संंक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई मनन गर्दै उक्त सहयोग गरेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad