ad ad

कारोबार


स्मार्ट टेलिकमले ल्यायो लकडाउन अवधिको अफर

स्मार्ट टेलिकमले ल्यायो लकडाउन अवधिको अफर

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ६:५५,

स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ। ग्राहकहरु घरमै बस्नुपर्ने भएकाले अतिरिक्त सेवा र अफर ल्याएको कम्पनीले जनाएको छ।

स्मार्ट टेलिकमको यस प्रयासअनुरुप अब ग्राहकहरुले २० जी.बी. को डाटा प्याक मात्र रु. ३९९ (करबाहेक)मा प्राप्त गर्न सक्नेछन्। उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ।

यसको अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरुले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधापनि रहेको छ। साथै, यस लकडाउनको अवधिभरि हरेक रु. १०० वा बढीको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथाडाटा बोनसस्वरुप प्राप्त गर्न सक्नेछन्।

ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरुले स्टार१२९स्टार४०ह्याक्स डायल गरी रु.४० को स्मार्ट लोन समेत लिन सक्नेछन्।

प्रयोगकर्ताहरुलाई अत्यावश्यक कामबाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ।

यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथाइनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरुसँग समन्वयगर्दै आएको छ भने ग्राहकरुले उक्तएपहरु मार्पmत घरैबाट रिचार्ज गर्न सक्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .