ad ad

समाज


बिहारमा कोरोना संक्रमित संख्या ७, एक जनाको मृत्यु

बिहारमा कोरोना संक्रमित संख्या ७, एक जनाको मृत्यु

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ६:५५,

नेपालसँग सीमा जोडिएको भारतीय प्रदेश बिहारमा कोरोना संक्रमणको पहिलो केस २२ मार्चमा देखियो। त्यहाँ बितेका ४ दिनमा संक्रमितको संख्या बढेर ७ पुगेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार एक व्यक्तिको ज्यान गएको छ।

एम्स (पटना) मा एक व्यक्तिको मृत्यु भएको हो। मृत्यु भएको एक दिनपछि उनमा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको हो। टेस्ट रिपोर्ट आइपुग्दा मृतकको शव अस्पतालले परिवारजनलाई दिइसकेको थियो।

कोरोना शंकामा उपचार भइरहेका व्यक्तिको रिपोर्ट नआउँदै शव दिनु विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड विपरित हो। एम्समाथि यो प्रश्न तेर्सिएपछि अस्पतालले भनेको छ, ‘जाँच रिपोर्ट मृत्यु हुनुभन्दा एक दिन पछाडि आएको हो।’ अस्पतालले सुरुमा मृत्युको कारण किड्नी फेल बताएको थियो।

टेस्ट रिपोर्टमा कोभिड—१९ पोजेटिभ देखिएपछि मृतकको सम्पर्कमा रहेका ६२ व्यक्तिको स्याम्पल जाँच गर्न पठाइएको छ। तीमध्ये केहीको रिपोर्ट आइसकेको छ। २ जनामा कोरोना संक्रमण देखिएको छ। ती दुवै जना मृतकका नातेदार हुन्।

स्वास्थ्य विभाग समक्ष अब मृतकको सम्पर्कमा आउने सबै सम्बन्धितहरुको जाँच गराउनु पर्ने चुनौती थपिएको छ। यदि उनीहरुमध्ये कसैको रिपोर्ट पोजेटिभ देखिए त्यसलाई कम्युनिटी ट्रान्समिसन मानिन्छ।

१० करोडमध्ये ४०१ जनाको टेस्ट
बिहीबारसम्म बिहारमा कूल ४०१ स्याम्पल जाँच गरिएको छ। यी मध्ये ७ रिजल्ट पोजेटिभ देखिएका हुन्। इन्डियन काउन्सिल फर मेडिकल रिसर्चका अनुसार कोरोना टेस्ट गराउने मामिलामा बिहार भारतमा सबैभन्दा पछाडि परेको प्रदेश हो। १० करोडभन्दा बढी जनसंख्या रहेको बिहारमा ४०१ जनाको मात्र टेस्ट भएको छ।

पटनामा हालै कोरोना भाइरस भए नभएको टेस्ट गर्ने प्रयोगशाला स्थापना गरिएको छ। राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युटले यस्तो टेस्ट हुन थालेको हो। सो ल्याबमा दैनिक ४ सय स्याम्पल टेस्ट हुन्छ। यसभन्दा अगाडि स्याम्पल कोलकाता पठाएर टेस्ट गरिँदै आइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .