कारोबार


चौधरी फाउन्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

चौधरी फाउन्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

नेपालखबर
चैत ६, २०८१ बुधबार २१:१४, नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउन्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ।

प्रतापपुरको वडा ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ वर्षदेखि जीर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुन: सञ्चालनमा ल्याइएको हो।

बुधबार एक कार्यक्रममा बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त आयोजनाको उद्घाटन गरे। उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएको बताए।

उनले भने, ‘चौधरी फाउन्डेसनको सहयोगमा यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको छ। यो काम हामीले अन्त पनि गर्नेछौं। नागरिकालाई शुद्ध खानेपानीको व्यवस्था गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्दछ।’

चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा उक्त आयोजनाको स्तरोन्नतिको कार्य गरिएको हो। शुद्ध खानेपानीको अभावमा प्रतापपुरमा अत्याधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य छन्।

लामो समयदेखि बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो। सफा र शुद्ध खानेपानीको व्यवस्था भएपछि स्थानीय खुसी भएका छन्। उक्त आयोजनाबाट प्रतापपुरका संयौं घरपरिवार प्रभावित भएका छन्। 

पश्चिम नवलपरासीमा चौधरी फाउन्डेसनले युवा स्वरोजगार, महिला उद्यमशीलताका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्दै आएको छ। सांसद चौधरीले विकासका कामलाई केन्द्रमा राखेर निरन्तर निर्वाचन क्षेत्रमा सक्रिय हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad