जीवन बिमा, निर्जीवन र्बीमा तथा पुनर्बिमा व्यवसाय गर्ने सबै बिमा कम्पनीहरूले अब ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्नुपर्ने भएको छ।
नियामक नेपाल बिमा प्राधिकरणले कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो।
यसअनुसार लगानी व्यवस्थापन गर्नका लागि लगानीसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिइएको छ।
यसैगरी, लघुबिमा व्यवसाय गर्ने लघुबिमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ।
साथै, बिमा कम्पनीहरूले यसअघि लगानीसम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सोको समेत सातभित्र जानकारी दिन प्राधिकरणले सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
यो पनि-
धमाधम इन्भेस्टमेन्ट कम्पनी खोल्दै जीवन बिमा कम्पनीहरू
Shares

प्रतिक्रिया