कारोबार


अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बढ्यो

अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलरको बढ्यो

नेपालखबर
चैत ६, २०८१ बुधबार ५:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने महँगिएका छन्। 

आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा थियो। 

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८० रुपैयाँ २७ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा थियो। 

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा थियो। 

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad