कारोबार


विद्यालय तहकै पाठ्यक्रममा वित्तीय शिक्षा समावेश गर्ने तयारी

विद्यालय तहकै पाठ्यक्रममा वित्तीय शिक्षा समावेश गर्ने तयारी

नेपालखबर
चैत ४, २०८१ सोमबार १२:०, काठमाडौँ

विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा समावेश नेपाल राष्ट्र बैंक अग्रसर भएको छ। राष्ट्र बैंकले वित्तीय साक्षरताअनुसार वित्तीय शिक्षालाई विद्यालयको पाठ्यक्रममा नै सामावेश गर्ने प्रकृया अगाडि सारेको हो। 

नेपाल राष्ट्रबैंक, नेपाल बैंकर्स एशोसिएसनको सहकार्यमा आयोजित ग्लोबल मनि विक अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पाठ्यक्रममा वित्तीय शिक्षा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रसँग छलफल भइरहेको बताए। 

‘बालबालिकालाई विद्यालयतहबाटै वित्तीय शिक्षाको आवश्यकता महसुस गरेरै हामीले पाठ्यक्रमा नै वित्तीय शिक्षा समावेश गर्न छलफल गरिरहेका छौँ,’ उनले भने।

विद्यार्थीको समेत सहभागितमा आयोजित कार्यक्रम गभर्नर अधिकारीले हरेक नेपालीको एउटा सक्रिय बैंक खाता अनिवार्य हुनुपर्ने बताए। 

उनले विद्यालयस्तरमा नै बित्तीय ज्ञान प्रदान गर्न सके त्यसले समाजलाई नै साक्षर बनाउने उल्लेख गरे। बढ्दो डिजिटल ठगिलाई समेत मध्यनजर गर्दै डिजिटल कारोबार गर्दा सुरक्षाका उपाय अवलम्बन गर्न उनले सुझाव दिए।

 ‘राष्ट्रबैंकले डिजिटल पेमेन्ट टान्सर्फरलाई प्राथामिकतामा राखेर अगाडि बढेको छ। यो अवस्थामा डिजिटल कारोबार गरिरख्दा ठगि तथा फिसिङमा पर्न सकिन्छ भन्नेमा शर्तक रहेर कारोबार गर्नुपर्छ,’उनले भने।

‘थिंक विफोर यु फलो वाइस मनि टुमरो’ भन्ने नारा सहित आजबाट ‘ग्लोबल मनि विक’ सुरु भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad