राजनीति


सांसद सिंहले सोधे : यौन व्यवसाय र कोठी चलाउन सरकारले अनुमति दिन लागेको हो?

सांसद सिंहले सोधे : यौन व्यवसाय र कोठी चलाउन सरकारले अनुमति दिन लागेको हो?

नेपालखबर
चैत ४, २०८१ सोमबार १२:६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो? भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो? भन्दै प्रश्न गरेका हुन्। 

आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका थिए। यसैमा सिंहले आपत्ति जनाएका हुन्। 

'देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन?' उनले सोधे। 

त्यस्तै उनले नेपाल देव भूमि भएको भन्दै यस्ता व्यवसाय सञ्चालनका लागि नै गणतन्त्र ल्याएको हो?भनेर प्रश्न गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad