कारोबार


एससीटी–यूपीआई कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाइग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरमा छुट

एससीटी–यूपीआई कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाइग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरमा छुट

नेपालखबर
फागुन २६, २०८१ सोमबार १९:४३, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुक्र हाउस अफ डाइग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरबीच एससीटी–यूपीआइए कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ।  

एससीटी–यूपीआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–यूपीआई कार्ड मार्फत भुक्तानी गर्नु पर्छ। ग्राहकहरूले त्यसरी पीओएसमार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यूएसजी, इसीजी र इको गर्दा १० प्रतिशत छुट पाउनेछन्।

यसका साथै एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन सेवा मा ५ प्रतिशत छुट रहेको छ भने काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ।

कम्पनीका अनुसार एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ५ ‘ख’ वर्गका  बैंक, ११ ‘ग’ वर्गका  बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन्। 

ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी यूपआई कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्ष्यबाट प्रोत्साहित गरिएको छ। एससीटी–यूपीआई कार्ड आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै लिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad