कारोबार


राष्ट्रिय वाणिज्य बैंकद्वारा ९४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा ९४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालीन तालिम प्रदान

नेपालखबर
फागुन २५, २०८१ आइतबार १५:४२, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौँमा सञ्चालन गरिरहेको छ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेश, सकारात्मकता र सेवाभाव झल्कने बताए। 

उनले नवनियुक्त युवा कर्मचारीहरुलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उत्रनुका साथै जनताको असल सेवक हुनु पर्ने बताए। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए। 

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए। कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विमल डंगोल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरुके उपस्थिति रहेको थियो। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad