एक महिने पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ प्रस्थान गरेका छन्। समिट एयरको ९ एन-एकेजेड कलसाइनको जहाजमार्फत शाहसहित उनको परिवार काठमाडौँ प्रस्थान गरेको हो।
शाहले समिट एयरको जहाज चार्टर्ड गरेका छन्। काठमाडौँमा शाहका समर्थकहरूले भव्य स्वागतको तयारी गरेका छन्। राजावादी दलहरू र समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा उनको स्वागतको तयारीसहित प्रदर्शन गरिरहेका छन्।
369
Shares

प्रतिक्रिया