नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब रुपैयाँ उठाउने भएको छ।
त्यसको निक्षेप संकलन बोलकबोल आज हुने केन्द्रीय बैंकले सूचनामार्फत उल्लेख गरेको छ।
केन्द्रीय बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल हुनेछ। आजै निष्काशन हुने यस निक्षेप संकलनको ब्याजदर निर्धारण समेत बोलकबोलबाट हुनेछ।
२१ दिनका लागि राष्ट्र बैंकले २५ अर्ब उठाउनलागेको हो। यसको ब्याज तथा सावाँ भुक्तानी आगामी चैत १७ गते गरिनेछ भने यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाउन पाउनेछन्।
यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। यो रकम बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा समेत प्रयोग गर्न पाउनेछन्।
Shares

प्रतिक्रिया