कारोबार


सरकारले बैंक तथा वित्तीय संस्थालाई भन्यो: कोरोना प्रभावित व्यवसायीबाट चैतसम्म सावाँ ब्याज नलिनू

सरकारले बैंक तथा वित्तीय संस्थालाई भन्यो: कोरोना प्रभावित व्यवसायीबाट चैतसम्म सावाँ ब्याज नलिनू

नेपालखबर
चैत १२, २०७६ बुधबार १५:३४,

कोरोना भाइरसबाट प्रभावित व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्म ऋणको साँवा तथा ब्याज दुवै बुझाउन नपर्ने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली रोक्न निर्देशन दिएको छ। 

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित सबै व्यवसायहरुको सावाँ ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ बैठकले निर्देशन दिएको छ।

बैठकले सहुलियतपूर्ण ऋण प्रवाहलाई सहज बनाउन पनि निर्देशन पनि दिएको छ।

कोरोना संक्रमणका लागि विदेशबाट आयात गरिने औषधिको भुक्तानी सहज बनाउन टीटीको माध्यमबाट आयात गर्दा विदेशी विनिमयको सीमा लागू नहुने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई निर्देशन गरिएको छ।

bank-bittiya.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad