कारोबार


नेपालका लागि एडीबीले ल्यायो चार वर्षे रणनीतिक कार्ययोजना

नेपालका लागि एडीबीले ल्यायो चार वर्षे रणनीतिक कार्ययोजना

नेपालखबर
फागुन २१, २०८१ बुधबार १८:११, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ। 

अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम नेपाल)ले  काठमाडौंमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीनवटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेका हुन्।

उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रुपान्तरण प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवर्द्धन र वातावरणीय दिगोपन तथा जलवायु सहनशीलता अभिवृद्धि रहेका छन्। 

हाल नेपालमा एडीबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ। जसमा कुल ४.३ अर्ब डलर लगानी भएको छ।

ती परियोजनामार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बैंकले नेपालको विकासमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारको रूपमा व्याख्या गर्दै सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रमा विशेष ध्यान दिइरहेको उल्लेख गरे। 

उनले बैंकमार्फत नेपालमा पूर्वाधार विकास र खर्च बढाइनु नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे। 

यद्यपि सन् २०१८ यताका वर्षहरुमा खर्चमा उल्लेख्य कमी आएको उनको भनाइ थियो।

बैंकले आर्थिक वर्ष २०२३ र २०२४ मा खर्च कार्यान्वयन दर ८० प्रतिशतभन्दा तल झरेको र यो प्रवृत्ति आर्थिक विकासमा चुनौती हुनसक्ने जनाएको छ। 

पर्यटन, घरजग्गा, व्यापारजस्ता सेवाक्षेत्र आर्थिक वृद्धिका प्रमुख चालक बन्ने पूर्वानुमान गरिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad