कारोबार


रेस्टुराँ व्यवसायमा क्रान्ति गरेका वसन्त लामाले बालुवाटारमा खोले मेलुङ थकाली

रेस्टुराँ व्यवसायमा क्रान्ति गरेका वसन्त लामाले बालुवाटारमा खोले मेलुङ थकाली

नेपालखबर
फागुन १२, २०८१ सोमबार १६:३३, काठमाडौँ

रेस्टुराँ व्यवसायमा क्रान्ति गरेका वसन्त लामाले बालुवाटारमा मेलुङ थकाली सञ्चालनमा ल्याएका छन्। 

बर्गरहाउसमार्फत रेस्टुराँ संस्कृति विकास गरेका लामाले बालुवाटारमा ३ करोड लगानीमा नयाँ मेलुङ थकाली खोलेका हुन्। 

मेलुङ शिवरात्रिको दिनबाट सञ्चालनमा आउनलागेको उनले जानकारी दिए। 

२५० सिट क्षमता रहेको थकाली मेलुङको आठौँ शाखा हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेलुङ थकाली सुरु गरेको थियो।

शंखमूल, गठ्ठाघर, बनेपा, चाबहिल, बौद्ध, अत्तरखेलमा मेलुङ थकाली सञ्चालनमा छन्। बर्गरहाउसका सञ्चालक लामाले सँगै मेलुङ ब्रान्डिङ गरिररहेका छन्। 

‘बालुवाटारको सबैभन्दा ठूलो आउटलेट्स हो’, सञ्चालक वसन्त लामाले भने, ‘मुख्य आउटलेटको रुपमा विकास गर्दै छौँ।’

५ जनाको टिमले सञ्चालन गरिरहेको यस आउटलेटमा ३० वटा गाडी पार्किङ गर्न मिल्छ। ३६ आनामा रहेको प्रोपर्टीमा चार्जिङ स्टेसन समेत राख्ने लामाले बताए। 
 
देशभर बर्गर हाउस फ्रेन्चाइज बिक्री गरेका लामाले मेलुङ आफैँ सञ्चालन गर्दै छन्। आउटलेट्को डिजाइन काठ, माने, ढुंगालाई प्रयोग गरी आकर्षक बनाइएको छ भने हिमालयन ‘भाइब्स’ आउने गरी मेलुङलाई सजाइएको छ। 

मेलुङ पालिकाका जनप्रतिनिधि समेत रहेका लामाले कोठाहरुको नाम वडाअनुसार फरक फरक राखेका छन्। 

मेलुङको स्पेसल तामाकोशीको असला माछा
मेलुङको स्पेसल परिकारको रुपमा तामाकोशीको असला माछा छ। 

‘दोलखाको तामाकोशीबाटै असला माछा ल्याउँछौँ’, उनले भने।

बिहानमा सलाद, ब्रेकफास्टको व्यवस्था छ भने लन्च र डिनरको लागि थकाली खाना छ। मार्सी, ढिँडो र खाना आफ्नो स्वादअनुसार मटन, चिकन, फिस, बदेल छनोट गर्न सकिन्छ। 

दिउँसो खानाको समयमा इटालियन परिकारहरुको स्वाद लिन पाइन्छ। १०० भन्दा बढी परिकारसहितको मेन्यु छ। 

‘काठमाडौं उपत्यकामा बालुवाटारलाई प्रिमियम ठाउँ मानिन्छ। खानासँगै भेटघाटहरु बालुवाटारमै बढी हुन्छन्’, थकाली खोल्नुको कारणबारे उनले थपे, ‘खानासँगै ३० जनासम्म बैठक गर्न मिल्ने कोठा छ। व्यक्तिगत वा सामूहिक जमघटको थलो बन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad