नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा मंगलबार सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा गर्न लागेको हो।
राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले मंगलबार ल्याउने गरी तयारी गरिएको बताए।
‘मौद्रिक नीतिको दोस्रो समीक्षा मंगलबार आउने गरी तयारी गरिरहेका छौँ’, उनले भने।
राष्ट्र बैंकले दोस्रो त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार बैंकले भोलि समीक्षा गर्न लागेको हो।
यो समीक्षा नै गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा हुनाले पनि महत्त्वपूर्ण मानिएको छ।
1.7k
Shares

प्रतिक्रिया