नेपाल दूरसञ्चार प्राधिकरणले टेलनेट इन्टरनेट प्रालिको लाइसेन्स खारेज गरेको छ।
पोखरा महानगरपालिका ८ सिमलचौर, कास्कीमा रहेको कम्पनीले इमेलसहित इन्टरनेट सेवाको लागि २०७१ फागुन १ मा अनुमतिपत्र लिएको थियो।
तर अहिले नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेपछि अनुमति खारेज गरिएको प्राधिकरणले जनाएको छ।
दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५)अनुसार फागुन १ देखि स्वतः रद्द भएको प्राधिकरणको भनाइ छ।
साथै नियमानुसार तिर्न बुझाउन बाँकी रकम रहेकाले ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न पनि सूचित गरिएको छ।
48
Shares

प्रतिक्रिया