बागमती


घुम्तीमा ब्याक गर्दा खसेको थियो जन्ती पुर्‍याएर फर्केको बस, जसमा थिए साहु र चालक मात्र

घुम्तीमा ब्याक गर्दा खसेको थियो जन्ती पुर्‍याएर फर्केको बस, जसमा थिए साहु र चालक मात्र

दुर्घटनामा परेको बस


नेपालखबर
फागुन ८, २०८१ बिहिबार १२:१५, काठमाडौँ

धादिङमा जन्ती पुर्‍याएर फर्किएको बस आज बिहान काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा दुर्घटना हुँदा बसका साहुको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन्।

काभ्रे प्रहरीका अनुसार धादिङमा जन्ती पुर्‍याएर फर्किंदै गरेको ना ४ ख ८८१७ नम्बरको खाली बस आज बिहान कुँडालस्थित सडकमा घुम्तीमा ब्याक गर्ने क्रममा २ सय मिटर खसेको हो।

दुर्घटनामा काभ्रेकै तेमाल गाउँपालिका-१ का बससाहु ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षकै कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। 

हाल उनको उपचार धुलीखेल अस्पतालमा भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad