अमेरिकी अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट भुटानपछि चाँडै बंगलादेशमा पनि सुरु हुने भएको छ।
विश्वका १०० बढी देशमा सेवा दिइरहेको स्टारलिंक इन्टरनेट सेवा सुरु गर्न मस्कसँग छलफल गरेको बंगलादेशी सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले बताएका हुन्।
तर स्टारलिंकले भने यसबारे टिप्पणी गरेको छैन। युनुसले बंगलादेशमा सेवा सुरु गर्न मस्क सकारात्मक देखिएका छन्। उच्च गति र कम लागत पर्ने हुँदा स्टारलिंक इन्टरनेटको व्यवसाय बढिरहेको छ।
केही समयअघि मात्र भुटानमा स्टारलिंक सेवा सुरु भएको थियो।
यता भारतमा पनि स्टारलिंकले लाइसेन्सको आवेदन दिइसकेको छ। भर्खरै प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबीच अमेरिकामा भेटवार्ता भएको थियो।
केही समयअघि मस्कले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए। स्टारलिंकले नेपालमा पनि सेवा दिन सरकारी अधिकारीहरुसँग भेटघाट र छलफल गरेको थियो।
तर नेपालमा यस प्रकृतिको इन्टरनेट सेवाका लागि कानुन संशोधन गर्नुपर्ने देखिएको छ भने सरकारले नेपाल टेलिकम र एनसेललगायतको दूरसञ्चार क्षेत्रमा भएको लगानीको सुरक्षा गर्न पनि तत्काल स्टारलिंक सुरु गर्न नसकिने निष्कर्ष निकालेको छ।
Shares

प्रतिक्रिया